Monday, October 6, 2025
17.9 C
Nepal

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सहभागी हुन अल्पाइनको टीम प्रस्थान

वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका खेलाडीहरुको दुई टोली भारत प्रस्थान गरेको छ ।
सोमवार अल्पाइन माध्यमिक विद्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा सहभागी हुन गइरहेको महिला तथा पुरुषको टीमका खेलाडीहरुको बिदाइ गरेको हो ।
नेपाल, भुटान, भारत तीन देशका खेलाडीहरु सहभागी हुने अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगिता भारत, राजस्थानको एमबी–ए क्रिकेट मैदानमा अक्टुबर ८–१२ तारिखसम्म हुँदैछ । उक्त प्रतियोगिताको आयोजना आरएसबिसिए र सिबिसिए उदयपुरले गरेको छ ।
सोमवार विद्यालय प्राङ्गणमा आयोजना गरिएको बिदाइ कार्यक्रममा क्याम्पसका सञ्चालक विनोद उपाध्यायले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलेर देशको नाम अग्रस्थानमा राख्न जोड दिनुभयो । उहाँले तीन देशका खेलाडीहरु सहभागी हुने यस प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।
शुभकामना कार्यक्रममा पर्सा क्रिकेटका तर्फबाट सेक्रेटरी घनश्याम गुप्ता, अन्तर्राष्ट्रिय एम्पायर डा. हीरालाल यादव, कृष्ण कन्हैया लगायतको उपस्थिति थियो । सहभागीहरुले महिला तथा पुरुष खेलाडीहरुलाई आवश्यक पर्ने सामग्री, जर्सी, टोपी लगायत वितरण गर्दै विजयी भएर आउन शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भारतको राजस्थान, उदयपुरमा हुने अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा सहभागी हुन अल्पाइन माविका क्रिकेट टिम कोच कलामुद्दीन अन्सारी, मैनेजर विशाल उपाध्यायको नेतृत्वमा खेलाडीहरु विक्की महतो, रोहित यादव, महम्मद मोनु शाह, साहबाज अन्सारी, श्याम यादव, सेराजुद्दीन अन्सारी, मोहित यादव, सन्देश साह, सोनु कुशवाहा, अफ्रिदी आलम, गौरेस दास, प्रेमराज गुप्ता, रोशन अली, मनिष पटेल, सुमन मुखिया लगायत खेलाडीहरु अन्तर्राष्ट्रिय टी–२० क्रिकेट मा सहभागी हुँदैछन् ।
त्यसैगरी महिला टीममा कोच गौरेश दास, मैनेजर रोकाया खातुनको नेतृत्वमा श्रीजा घिमिरे, अनुशा रोका, पूजा साउद, स्मृति पोखरेल, विनु जप्रेल, लिशा खडका, आयुष्मा रावल, प्रजिता मिश्र, दिपिन्ती चौहान, कृपा कार्की, रिषिका उपाध्याय, सोहना खातुनलगायत सहभागी हुँदैछन् ।
गत वर्षको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप प्रतियोगितामा अल्पाइन माविका दुईवटा पुरुष टीम सहभागी भएका थिए भने यस वर्षको प्रतियोगितामा पुरुष र महिला टीम सहभागी हुने सञ्चालक उपाध्यायले जानकारी गराउनुभयो ।

Latest Post

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी...

वीरगंजमा सर्वाधिक वर्षा, ४० जिल्लामा रेड अलर्ट

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा...

मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खस्यो

चितवन, १८ असोजः इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी...

हत्याको आरोपमा ‘दरिन्दे खुंखार समूहका पाँच जना पक्राउ

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा...

मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव

चितवन, १४ असोजः आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका,...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories