Wednesday, August 6, 2025
20.9 C
Nepal

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष ४० को नेक महमद, जिल्ला रौतहट घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने वर्ष २१ को अफताब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गत वैशाख २० गते बाराको बरैनियामा एकजना १७ वर्षीया किशोरीलाई उनीहरुले अपहरण गरेका थिए । सो किशोरी खोरमा बाख्राहरू बाँधी घर फर्कने क्रममा नेक महमद र अफताब अन्सारीले बीच बाटोमा घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै पालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । २०८२।०१।२३ गते बिहान ८ बजेको वीरगंजको घडिअर्वा पोखरीको गल्लीमा महिलालाई रक्ताम्य अवस्थामा छाडी उनीहरु भागेकोको प्रहरीले जनाएको छ । पीडित किशोरीको किटानी जाहेरीको आधारमा प्रहरीले २०८२।०४।२० गते वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकबाट दुवैजनालाई पक्राउ गरी अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Latest Post

कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको...

पत्नीलाई मुक्का-लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पति पक्राउ

वीरगंज, १८ साउन । पत्नीलाई लाठी प्रहार गरी...

पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

वीरगंज, १७ साउन । आठ किलो ४४० ग्राम गाँजासहित...

पर्साका किसानलाई राहत दिन गण्डक नहरको सरसफाई शुरु

वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति...

अवाञ्छित गतिविधि गर्ने १६ जना पक्राउ

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories