Wednesday, February 5, 2025
18.4 C
Nepal

पर्सामा एचपीभी खोप अभियान शुरू

वीरगंज, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा पर्सा जिल्लामा मंगलवारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियान शुरू भएको छ । अभियानको औपचारिक शुभारम्भ वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अभियान शुरु गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यकिट प्रदान गर्दै अभियानको शुभारम्भ गरे । सभापति सोनारले लक्षित उमेर समूहका छात्राहरूका लागि एचपीभी खोप प्राप्त गर्नु ठूलो सौभाग्यको कुरा रहेको बताए । उनले अघिल्लो पुस्ताले नपाएको यो खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सबै बालिकाहरूलाई खोप लिन आग्रह गरे । अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउँदै सभापति सोनारले पर्साका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यो खोप अभियान महत्वपूर्ण हुने उल्लेख गरे । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउँन अभिभावकहरूलाई समेत आग्रह गरे । स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्साका १४ वटै स्थानीय तहका करिब ३८ हजार ५५७ किशोरीलाई एचपिभी खोप दिने लक्ष्य राखिएको छ । पहिलो चरणमा माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म चल्नेछ । स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्न तयारी गरिसकेका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रका अधिकारीहरू, विद्यालयका शिक्षकहरू, अभिभावक र समुदायलाई अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

Latest Post

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९...

६३ किलो गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रण

वीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ६३...

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल...

वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा चारजना पक्राउ

वीरगंज, १८ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले मानव...

२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories