Friday, January 31, 2025
22.5 C
Nepal

नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन आउने बिरामी र स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको चिकित्सकको भनाइ छ । दशकौंदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् । श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगंजमा नारायणी अस्पतालको स्थापना गरिएको थियो । हाल नारायणी अस्पताल ३०० शैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको चिकित्सकको भनाइ छ । नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहेको चिकित्सकहरुले बताएका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७४–७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही योजनाअन्तर्गत नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपियाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। तर बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरूपणको चरणमा पुगेको छ । नयाँ भवन निर्माण नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले अत्यन्तै कठिन परिस्थितिमा बिरामीहरूको उपचार गर्नुपरेको छ । अस्पतालका विभिन्न भवनहरू जीर्ण भइसकेका छन्, जसले गर्दा बिरामी, कुरूवा तथा स्वास्थ्यकर्मीहरू सधैं डरभित्र बाँच्न बाध्य छन । डा. नीरज कुमार सिंहले नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक त्रिभुवन राजपथ अवरूद्ध गरी सरकारलाई ध्यानाकर्षण गराएको बताए । भवन निर्माण संयोजन समितिका अध्यक्ष समेत रहेका डा सिंहले देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको तर, वीरगंजको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित रहेको बताए । उनले भने, भवनको अवस्था यति जीर्ण छ कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ भन्ने ठेगान छैन । यो अस्पतालमा लाखौं जनताले भर परेका छन । तर, सरकारले अझै ध्यान दिएको छैन । नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख जनसंख्यालाई सेवा दिंदै आएको छ । तर, भौतिक संरचनाको अभावले गर्दा यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो सम्पूर्ण क्षमता अनुसार सेवा दिन नसकेको गुनासो गरिरहेका छन् । नेपाल सरकारको नीति अनुसार अस्पताल भवनहरू भूकम्प प्रतिरोधात्मक मापदण्डअनुसार निर्माण गर्नुपर्ने प्रावधान छ । तर नारायणी अस्पताल आफैंले तोकेको मापदण्ड विपरीत जीर्ण भवनमा सञ्चालन भइरहेको छ। भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिएको नेपालमा यस्तो लापरबाहीले विपद् व्यवस्थापनमा सरकारको गम्भीरता नदेखिएको स्पष्ट छ। राजनीतिक नेतृत्वको असफलता, स्वास्थ्यकर्मी र जनतामा निराशा यस क्षेत्रका सांसदहरूले संसदमा पटक–पटक नारायणी अस्पतालको स्तरोन्नतिको माग उठाए पनि अहिलेसम्म सम्बोधन भएको छैन। यो गम्भीर विषयमा नागरिक समाज तथा राजनीतिक दलहरूले समेत आन्दोलन नगरेकोमा यहाँका जनतासमेत निराश छन। डा. सिंह भन्छन् हाम्रा माग पूरा नभए हामी अझ कडा आन्दोलन गर्न बाध्य हुनेछौं । राज्यले अब पनि बेवास्ता गरेमा स्वास्थ्यकर्मी र स्थानीय जनताले सामूहिक रूपमा ठूला आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Latest Post

२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद...

नेपाल पत्रकार मञ्चको कार्यक्रममा सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध

काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको...

हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

वीरगंज, १७ माघ । वडा प्रहरी कार्यालय विर्ताले स्रोत...

भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा...

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories