Sunday, January 5, 2025
9 C
Nepal

पर्साबाट १६० किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, १५ पुस । पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर सिताराम चोकस्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डमा प्रहरी चौकी परवानीपुरले ड्राइपोर्ट आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १६० किलो गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । ट्रकमाथि हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको १० के.जी.का दरले १६ पोकामा १६० किलो लागु औषध गाँजा बरामद भएको प्रवक्ता लम्सालले बताए । प्रहरीले ट्रकचालक एवं धनी जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं. ७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन जिल्ला झुरझुरे राप्ती न.पा. वडा नं. ३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मालाई पक्राउ गरेको प्रवक्ता लम्सालले बताए । पक्राउ परेका दुवैजना व्यक्ति, लागूऔषध गाँजा र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

Latest Post

भारतको दिल्लीमा विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारी सम्मानित

नयाँदिल्ली, भारत, १६ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष...

रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले...

साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३०...

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३...

९७ किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, ४ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories