Tuesday, July 29, 2025
21.9 C
Nepal

पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित

काठमाडौँ, ९ साउन/
रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, महासंघको एसोसिएट प्रदेश समिति र नेपाल पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा भर्त्सना गरेका छन्।
साउन ८ गते बिहीबार मौलापुर नगरपालिका–५, सोनरनियामा विकास निर्माणका कामबारे अनुसन्धान गर्न गएका यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह, रञ्जित साह, अञ्जित साह र अञ्जित साहका छोराले सामूहिक आक्रमण गरेको पीडितले बताएका छन्। आक्रमणका कारण पत्रकार यादव घाइते भएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।
त्यस्तै, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसमाथिको खुला हमला भन्दै भर्त्सना गरिएको छ। समितिले पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको उचित व्यवस्थाको माग समेत गरेको छ।
नेपाल पत्रकार मञ्चले जारी गरेको विज्ञप्तिमा पत्रकार यादवमाथिको आक्रमण पूर्वनियोजित भएको आशंका व्यक्त गर्दै घटनाको पृष्ठभूमिमा रहेका कारणबारे समेत उल्लेख गरिएको छ। पत्रकार यादवले मौलापुर नगरपालिकामा भइरहेको विकास निर्माणमा देखिएको भ्रष्टाचार, अनियमितता र गुणस्तरहीनताको समाचार सम्प्रेषण गर्दै आएका थिए। मञ्चले घटनालाई प्रेस स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारप्रतिको खुला चुनौतीको रूपमा व्याख्या गर्दै दोषीहरूलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गरेको छ।
संगठित रूपमा सञ्चारकर्ममा खटिएका पत्रकारमाथि भएको यस्तो भौतिक आक्रमणप्रति सञ्चार क्षेत्र अत्यन्त आक्रोशित देखिएको छ। पत्रकार संगठनहरूले राज्यका सुरक्षा निकायसँग यस्ता घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षा प्रत्याभूति गर्न प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

Latest Post

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा...

लागुऔषधसहित पर्साको धोरेबाट एकजना पक्राउ

वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर...

१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला...

अवैध सम्बन्धका कारण युवकको विमलेशको हत्या

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या...

५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories