Tuesday, July 29, 2025
21.9 C
Nepal

अवैध सम्बन्धका कारण युवकको विमलेशको हत्या

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो । शनिवार राति करिब साढे ३ बजेको समयमा महोत्तरीको पर्सा गाउँँपालिका १, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको जनकपुरधाम स्थित जीरोमाईलमा रहेको होटेलमा मृत फेला परेका थिए । धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दुबैजना सम्बन्धमा रहेको समयमा भएको विषयमा विवाद हुँदा युवतीले युवकको हत्या गरेको देखिएको बताएका छन। विवाहित युवक यादव र आरोपित झाबीच अबैध सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ। उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएका थिए । शनिवार राति करिब १० बजेको समयमा जीरोमाईलस्थित रहेको होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा दुबैजना सँगै बसेका थिए । राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए । ३ बजेर ४ मिनेटमा युवती भागेको सिसिटीभी फुटेजमा देखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरूणबहादुर सिंहले बताए । युवतीलाई आइतवार दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको सिंहले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Latest Post

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा...

लागुऔषधसहित पर्साको धोरेबाट एकजना पक्राउ

वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर...

पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित

काठमाडौँ, ९ साउन/ रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका...

१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला...

५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories