Tuesday, July 15, 2025
21.2 C
Nepal

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ ।
सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरणको लागि पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राजु साहले बताए । बाँकी वडा नं. १७ देखि ३२ सम्म का स्वयंसेविकालाई एक हप्ताभित्रै वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।
महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका कार्यरत रहेको र स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गर्नुको उद्देश्य फिल्डमा काम गर्न सजिलो बनाउनु रहेको उनले बताए ।
गर्भवती महिलाको नियमित जाँच, बच्चाहरूको खोप लगाउने समयको जानकारी र त्यसपछिको रिपोर्टिङ जस्ता कार्यमा उनीहरूलाई प्रविधिको प्रयोगले सहज बनाउने आशा गरिएको छ ।
संघ र प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाप्रति न्यून सुविधा व्यवस्था गरेकोप्रति असन्तोष व्यक्त गर्दै महानगरले उनीहरूको भत्ता र सुविधामा केही वृद्धि गरेको र आगामी दिनमा पनि यो निरन्तर जारी रहने नगरप्रमुख सिंहले बताए । कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अन्य पदाधिकारी, विभिन्न वडाका अध्यक्षहरू र स्वयंसेविका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Latest Post

वीरगंजमा मिनरल वाटरको कालोबजारी

वीरगंज, २९ असार । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजको...

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले...

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories