Tuesday, July 1, 2025
21.3 C
Nepal

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा सोको सहितको प्रहरी टोलीले लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो । घटना अनुसन्धानको क्रममा असार ७ गते सफि राजा मियाँलाई नियन्त्रणमा लिइ निजविरूद्ध ज्यान सम्बन्धी कसुरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच मनमुटाव रहेको र लामो समय देखि एक अर्काबीच बोलचाल नभएको तथा हत्या हुनुको मुख्य कारण रिष, द्वेष रहेको जनाएको छ । श्रीमान लामो समय देखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको गरेको कारण दुवैबीच विवाद भई हत्या भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

Latest Post

वीरगंजमा रास्वपाको हस्ताक्षर अभियान शुरू

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

एसइईको नतिजा सार्वजनिक, ६१.८१ परीक्षार्थीले ग्रेडेड

भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा...

गहवामाईको तेस्रो रथयात्राको भव्य तैयारी पूरा

वीरगंज, १२ असार । तेस्रो गहवामाई रथयात्रा–२०८२ को सम्पूर्ण...

चरेससहित एकजना पक्राउ

वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories