Tuesday, June 3, 2025
24.3 C
Nepal

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको छ । भारतको बिहार राज्यको घोडासहन घर भई नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया बालिका शीवानी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले शीवानीलाई ठक्कर दिएर किचेको थियो । गम्भीर घाइते शीवानीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनावारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Latest Post

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको...

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत...

बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई...

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories