Monday, March 10, 2025
19.9 C
Nepal

चरेससहित तीनजना पक्राउ

वीरगंज, २५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ किलो लागु औषध चरेससहित ३ जना मानिस पक्राउ गरेको जनाएको छ ।
फागुन २४ गते राति ८ः३० बजेको समयमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३५ सरोज साह र वीरगंज महानगरपालिका वडा नं.११ बस्ने वर्ष २३ को रवि चौधरीलाई चरेससहित पक्राउ गरिएको जनाएको छ ।
ती व्यक्तिहरूले भाडामा लिइ बसेको घरकोठामा प्रहरीले खानतलासी गर्दा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ के.जी. ५९० ग्राम फेला पारी बरामद लागु औषध सहित नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् ।

Latest Post

पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी...

blogger pro theme download

link below drive.google.com/drive/folders/1GqYRVu01Kemy8_F96Gx1MTgz_WiuZNbH

महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र...

मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको...

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories