Monday, February 24, 2025
11.7 C
Nepal

चरेश र गाँजासहित दुईजना पक्राउ

वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले चरेश र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । फागुन ७ गते राति ८ बजे वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बुनियाद घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्कमा भाडामा बस्ने वर्ष ३० की आरती यादवलाई चरेशसहित पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् । आरतीले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ११ के.जी. ४०० ग्राम फेला परेको हुँदा लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीलाई आठ किलो ४०० ग्राम लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको प्रवक्ता भट्टले बताए । उनले बोकेको ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २ के.जी.१०० ग्राम फेला परेको जिप्रका, पर्साले जनाएको छ । अधिकारीविरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

Latest Post

मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित...

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप...

न्यू वेभलाई आठ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट...

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले...

मनकामनालाई हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories