Monday, February 24, 2025
11.7 C
Nepal

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरीबीकै कारण शिक्षामा बालिकाको सहभागीता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे । बुधवार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै वालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यसकारण वालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे । उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पुरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरूत्साहित गर्न पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिँहले सुझाए । उनले सामुदायिक विद्यालयमा बालिकाको सँख्यात्मक उपस्थिति उल्लेख्य रहेको तथा उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इन्जिनियरिङ आदि पेसागत क्षेत्रमा बालिकाहरूले अब्बल प्रदर्शन गरिरहेको स्थिति उत्साहजनक भएको टिप्पणी गरे । बाबुआमाको हेरचाहमा छोराभन्दा छोरीले बढी गरिरहेको विषय स्थापित भइसकेको भन्दै शिक्षाका माध्यमबाट छोरीलाई विभिन्न सरकारी लगायतका अवसरमा सहभागीता एवम् प्रतिनिधित्व सुनिश्चित गराउन बालिका शिक्षामा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दात्री निनकाय, गैरसरकारी संस्था लगायत सरोकारवालाहरू थप सक्रिय हुनुपर्ने औंल्याए । मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा सरकारी सेवातर्पm ५० प्रतिशत महिला आरक्षण रहेको भन्दै छोरीलाई शिक्षार्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर प्राप्त गर्न प्रदेशमा सहज रहेको चर्चा गरे । सो अवसरमा मुख्यमन्त्री सिँहले वालविवाहविरूद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका छन् । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले वालविवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ ।

Latest Post

मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित...

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप...

न्यू वेभलाई आठ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट...

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले...

मनकामनालाई हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories