Monday, April 7, 2025
32.8 C
Nepal

वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका थिए भने घटनावारे जानकारी पाएपछि प्रहरीले तुरून्तै घटनास्थल पुगेर बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ।
यस घटनाले सडक सुरक्षाको विषय फेरि चासोको विषय बनेको छ। स्थानीयले दुर्घटनास्थलमा ट्राफिक व्यवस्थापन मजबुत बनाउन माग गरेका छन।

Latest Post

स्ववियू निर्वाचनको मतगणना सुचारू गर्न पर्साका राजनीतिक दलहरूको जोड

वीरगंज, १२ चैत । ठाकुर राम क्याम्पस वीरगंजमा सम्पन्न...

ग्लोबल मनी वीक २०२५ को अवसरमा -याली

वीरगंज, ९ चैत । ग्लोबल मनी वीक २०२५ को...

१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

बारा,७ चैत । सशस्त्र प्रहरीले बाराबाट १०३ केजी...

पच्चीस करोड विदेशी मुद्रा बरामद

काठमाडौँ, ५ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी...

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories