Wednesday, December 4, 2024
21.3 C
Nepal

पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकोले सोको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए ।
सदस्यता विवादका विषयमा दुर्ई महिनाअघि काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले जिल्ला शाखा र प्रदेश समितिले गरेको सिफारिसको आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको थियो ।
निर्णयलाई लत्याउंदै केन्द्रिय कार्यसमितिले जिल्ला र प्रदेश समितिले गरेको सिफारिस भन्दा बाहिरका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिएको सूची मंगलवार सार्वजनिक गरेको विरोधमा तालाबन्दी गरिएको भण्डारीले बताए । जुन आफुहरूलाई कदापी मान्य नभएको भन्दै उनले जिल्ला र प्रदेशको सिफारिस भन्दा बाहिरका व्याक्तिहरूलाई सदस्यबाट नहटाएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

Latest Post

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको...

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले बाराको...

राम्रा कामको सूचना पत्रकारले दिनुपर्छ– अध्यक्ष नेपाल

वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव...

वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर

वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले...

रेडियो वीरगंजको वार्षिकोत्सवमा २२१ जनाद्वारा रक्तदान

वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories