Saturday, January 18, 2025
8.1 C
Nepal

अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा अल्पाइन मावि प्रवेश

वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट अल्पाइन माध्यमिक विद्यालय, वीरगंज पुग्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को आज भएको खेलमा नेपालबाट अल्पाइन मावि ‘नीलो’ सेमिफाइनलमा पुग्न सफल भएको हो । भारत, गुजरातको टीमलाई २८ रनले पराजित गर्दै अल्पाइन मावि ‘नीलो’ प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । १२ ओभरको खेलमा भारत, गुजरातको टीमले ८.१ ओभर खेल्दै ७२ रन मात्र बनाएको थियो भने अल्पाइन माविले दुई विकेटको क्षतिमा १०० रन बनाएको अल्पाइन माविका टिम कोच कलामुद्दीन अन्सारीले जानकारी गराएका छन् ।
जिल्ला क्रिकेट खेल परिषद एवं आरएसबिबिएले आयोजना गरिरहेको सो प्रतियोगितामा नेपाल तथा भारतको बिहार, राजस्थान, युपी, गुजरातका विद्यार्थी खेलाडी सहभागी भएका छन् ।
बुधवार भएको उदघाटन कार्यक्रममा आयोजक समितिका संयोजक साबिर खान, अध्यक्ष मदनसिंह राठौर, रोहन सैनी, भगवान राम सैनी, सुरेन्द्र सिंह राठौरलगायत सहभागी भएका थिए ।
नेपालबाट सो प्रतियोगितामा सहभागी हुन अल्पाइन माध्यमिक विद्यालयलाई निम्तो आएपछि अल्पाइन माविका कक्ष्Fा ११ र १२ का विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले बताए । उनकै नेतृत्वमा २४ जना विद्यार्थीहरु सहभागी टोली भारतको राजस्थानको सिकर शहरमा पुगेका थिए ।
अल्पाइन मावि ‘नीलो’ र अल्पाइन मावि ‘रातो’ दुई समूहमा खेलाडीहरु अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ मा सहभागी हुन भारत, राजस्थान पुगेको थियो । सो स्थानमा विद्यार्थी खेलाडीहरुलाई आवास र भोजनको निश्शुल्क व्यवस्था गरिएको निर्देशक विनोद उपाध्यायले जानकारी गराए । उनले सेमिफाइनलमा आफनो विद्यालय पुग्न सफल भएकोमा गौरव महसूस गरेका छन् ।

Latest Post

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले...

हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी

वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा...

मानवसेवा आश्रमलाई वाशिङ मेशिन सहयोग सहयोग

वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको...

५० किलो गाँजासहित चारजना पक्राउ

वीरगंज, २४ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले ५०...

सशस्त्र प्रहरी, पर्साद्वारा सीमाक्षेत्रका बासिन्दालाई कपाल काट्ने तालिम

वीरगंज, २२ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं.१३...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories