Tuesday, May 13, 2025
18.8 C
Nepal

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

बलेवा (बागलुङ), २६ कात्तिकः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहनुभएको छ ।
भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते हुनुभएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै छ ।

Latest Post

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती...

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४...

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा...

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट...

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories