Saturday, December 14, 2024
17.3 C
Nepal

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
शुक्रवार बिहान ८ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–२१ अमलेखगंजमा पथलैया बाट हेटौडा जाँदै गरेको ना ५२ प २५८४ र ना ५५ प ३९३२ नं. को मोटरसाइकल चेकजाँच गर्दा चाँदीका गहना बरामद भएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी गराएका छन् ।
प्रहरीले प्रसौनी गाँउपालिका वडा नं. ६ प्रस्टोका बस्ने वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उ.म.न.पा. वडा नं.८ गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतोलाई पक्राउ गरेको जनाएको छ ।
दुवैजनाले मोटरसाइकलको टयांकीभित्र फल्स बटम बनाई चाँदीका गहना लगिरहेको अवस्थामा बरामद गरिएको प्रवक्ता प्रनाउ सापकोटाले बताए ।
सोनारको मोटरसाइकलबाट रू. १६ लाख १० हजार ३२५ मूल्य बराबरको ९ किलो चाँदीको गहना र महतोको मोटरसाइकलबाट आठ लाख ९४ हजार ६२५ मूल्य बराबरको ५ किलो चाँदीको गहना बरामद भएको प्रवक्ता सापकोटाले बताए ।

Latest Post

ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

वीरगंज, २७ मंसिर/ नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट...

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories