Thursday, November 21, 2024
18 C
Nepal

पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट

वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिनछ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रू १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याड्ढरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयÍर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । नेपाल निर्माण व्यवसायी महासङघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ । चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रू छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।

Latest Post

रास्वपा, पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज...

तराई मधेस देशको मेरुदण्ड– कमल थापा

वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय...

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

बलेवा (बागलुङ), २६ कात्तिकः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट...

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी): अमेरिकी राष्ट्रपति जो बाइडेनले चार...

यादवको हत्यामा संलग्न एकजना पक्राउ

वीरगंज, १६ कात्तिक । धारिलो हतियार प्रयोग गरी हत्या...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories