Wednesday, January 22, 2025
11.5 C
Nepal

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।

Latest Post

सीमास्तम्भको नम्बरिङ तथा मर्मत कार्य

वीरगंज, ०९ माघ । नेपाल–भारत अन्तर्राष्ट्रीय सीमा दशगजा क्षेत्रस्थित...

वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत...

सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

वीरगंज, ७ माघ । २४औं सशस्त्र प्रहरी दिवस २०८१...

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौं, ६ माघ/ नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट...

मधेस आन्दोलनका शहीदहरुको सम्झना गरेर मनाइयो बलिदान दिवस

वीरगंज, ५ माघ । बलिदानी दिवसको अवसरमा वीरगंजको...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories