Sunday, August 10, 2025
21.6 C
Nepal

घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ ।
घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ ।
वीरगंजका अधिकांश वडाहरु जलमग्न भएको छ भने घरघरमा पानी पसेको छ । आज बिहान वर्षा केही मत्थर भएपछि मानिसहरु पानी निकास गर्न जोहो गर्न थालेका छन् ।
वीरगंज महानगर प्रमुख राजेशमान सिंहले आज बिहानदेखि नगरको अनुगमन गर्दै सर्वसाधारणलाई सचेत गर्न थालेका छन् । श्रीसिया नदीको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरूलाई आग्रह गरेका छन् ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले पर्सा बारावासीलाई सन्देश पठाउंदै बारा जिल्ला स्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
नेपाल विद्युत प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका विस्तारै, विस्तारै खोल्नु परेको कुलेखानी प्राधिकरणले जनाएको छ । अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी सङ्कलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत आयोजनाबाट १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।
कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रवार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
कुलेखानी ड्याम भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन अनुरोध गरिएको हो ।

Latest Post

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर...

कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको...

पत्नीलाई मुक्का-लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पति पक्राउ

वीरगंज, १८ साउन । पत्नीलाई लाठी प्रहार गरी...

पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

वीरगंज, १७ साउन । आठ किलो ४४० ग्राम गाँजासहित...

पर्साका किसानलाई राहत दिन गण्डक नहरको सरसफाई शुरु

वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories