Tuesday, February 25, 2025
22.4 C
Nepal

नारायणी अस्पताल र कुम्हालटोलमा गरीबको लागि निःशुल्क भोजन शिविर

वीरगंज, ५ असोज । प्रत्येक शनिवार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा वीरगंज समाज सेवाले निशुल्क भोजन खुवाउदै आएकोमा २२औं सप्ताह शनिवार पनि निशुल्क भोजन गरीएको छ।
नारायणी अस्पतालमा बिरामीहरू, कुरूवाहरू लगायत गरिब, असहाय गरिबहरूलाई सहज होस भनि हरेक सप्ताहको शनिवार बिहानको खाना खुवाउने गरेको वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिए । दाल, भात, तरकारी, अचार ५०० जनाले हरेक हप्ता खाने गरेको वीरगंज समाज सेवाले जनाएको छ ।
सेवा नै धर्म हो, गरिब, दिन दुःखि, असहायहरूलाई भोजन गराउनु जस्तो अरू धर्म केहि पनि होईन, हामिहरू आफ्नो लागि मात्र बाचिरहेका छौ, अरूको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामि साथी भाईहरू मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले बताए।
कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिब प्रकाश बाहिति, कोषाध्यक्ष बिनोद सरार्प, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रूङ्गटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल, बैधनाथ प्रसाद कलवार, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, राधेश्याम गुप्ता, सञ्चारकर्मी अभिलाष कुमार गुप्ता सहभागीता रहेको थियो ।
यसैगरी कुम्हालटोल सुधार समिति वीरगंज –७ द्वारा निशुल्क भोजनको शुरूवात गरी शिविरको पहिलो दिन आज शनिवार रेल्वेरोड सामुदायिक प्रहरी कुम्हालटोलको छेउमा शुभारम्भ गरि गरिब असहाय दलित निमुखाहरू लाई निशुल्क भोजन गराएका छन।
कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल यादब, सहसचिव रितेश गुप्ता तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, अभिलाष कुमार गुप्ता वीरगंज समाजका अशोक गुप्ता, मनोज मिश्र, वीरगंज कपडा बैंकका लालबाबु सिंहलगायतले निःशुल्क भोजन गराएका थिए ।
महिनामा १ पटक निशुल्क भोजनको शिविर गरीने सचिव रितेश गुप्ताले जानकारी गराए । आवश्यक पर्ने खाद्यान सामान, रुपियाँ आयोजक परिवार एवं सहयोगी टोलबासीहरूसंग सङ्कलन गरेर गरिएको संस्थाले जनाएको छ ।

Latest Post

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा...

मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित...

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप...

न्यू वेभलाई आठ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट...

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले...

Most commented

Debate: Where is the Congress today?

'For us, power after the establishment of democracy is...

Today is Buddha Jayanti

Kathmandu. Buddha Jayanti is being celebrated all over the...

Bird feathers sold for 37 lakhs

A feather from New Zealand's extinct huia bird has...

RCB crashed out of the final after losing against Rajasthan

Kathmandu. Royal Challengers Bangalore (RCB) have been eliminated from...

Pressure campaign for Sandeep’s visa started

Kathmandu. Saathi Baltimore, a non-profit organization advocating for the...

Prachanda’s rule, speech without ration

Once in the city, the relative reached the place...

Related Articles

Popular Categories